गजल

  खडानन्द ढकाल (खरेपारी कान्छो)

कोरोनाले सबै क्षेत्र,उठ्नै नदिने भो ।
गरिबिको खाडलबाट,छुट्नै नदिनेभो।
पटक पटक सताउने,अन्योलताको भुमरिमा
टुक्रा टुक्रा आशाहरु,खुट्नै नदिनेभो।
काराघार जोस्तो जिवन,थुनियेर बस्नु पर्ने
जिन्दगिको आनन्द यो,लुट्नै नदिनेभो।
सबै दुरि कायम गरि,एक्ला एक्लै बस्नु पर्ने
नातागोता साथिभाइ,कसैसगँ जुट्नै नदिनेभो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार