इलामको थप ७ सहित प्रदेश १ मा २७० जना संक्रमित थपिए


इलाम । प्रदेश १ माआज २७० जनाकोरोना संक्रमितथपिएका छन् ।

मोरंगमा १३६, झापा ५३ र सुनसरीमा ५२, इलाममा ७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ४६ महिला र ६० पुरुष सहित १०६ जना, सुन्दरहरैचामा १०, बेलबारी र कटहरीमा ४–४, उर्लाबारी र धनपालनथानमा ३–३, जहदामा २, केराबारीमा १ र स्थानीय तह नखुलेका २, झापाको विर्तामोडमा १७, मेचीनगरमा १०, दमकमा ८, भद्रपुरमा ५, गौरीगञ्जमा ४, शिवसताक्षी र अर्जुनधारामा २–२, हल्दिबारी, कनकाई र बाहदशीमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा २३, इटहरीमा १२, इनरुवामा ८, रामधुनी र बराहक्षेत्रमा ३–३, गढी, कोशी, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ३, फाकफोकथुममा २, देउमाई र सुर्योदयमा १–१, ताप्लेजुङको फुङलिङमा ३, मिक्वाखोलामा २, धनकुटामा २, उदयपुरको त्रियुगामा १, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ माकोरोना संक्रमितको संख्या ३२ हजार ३६० पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार १५ संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ८५५ पुगेको छ । प्रदेश १ मा आज ७ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १२५ महिला र १७० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार