इलाममा १४ जना संक्रमित थपिए

इलाम। इलाममा आज कोरोना भाइरसबाट १४ जना संक्रमित भएका छन् ।

इलाम नगरपालिकाका ६ जना, सूर्योदय नगरपालिका १ जना, फाकफोकथुम ४ जना, माइ नगरपालिकामा २ जना र माइजोगमाईमा १ जना गरेर १४ जना संक्रमित भएको हो ।
इलाममा हालसम्म ३३ जनामा संक्रमण देखिएकोमा चुलाचुली गाउँपालिकाकी एक संक्रमित महिलाको मृत्यू भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ का फोकल पर्सन बिमल बरालले जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार