पूर्वप्रधानमन्त्री खनाललाई कोरोना

  आवाज संवाददाता

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ। अस्वस्थ भएपछि गरिएको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको खनालकाे निजी सचिवालय स्रोतले जनाएको छ। नेता खनाललाई अहिले उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल लगिँदैछ ।

स्रोतका अनुसार उनको अवस्था सामान्य भएपनि कोरोनाका लक्षण देखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार