इलाममा आज ४ जना संक्रमित थपिंदा संक्रमितको संख्या ४६ पुग्यो

  आवाज संवाददाता


इलाम। इलाममा आज थप ४ जनामा संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चुलाचुली गाउँपालिकाका ३ जना पुरुष र रोङ गाउँपालिकाकी एक महिलामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितको यो संख्यासँगै इलाममा ४६ जनामा संक्रमण देखिएको छ । इलाम नगरपालिकामा सबैभन्दा बढी १९ जनामा संक्रमण भएको पाइएको छ । त्यसपछि रोङ गाउँपालिकामा १३ जनामा संक्रमण भएको छ ।

लाचुली गाउँपालिकामा ५ जना, सूर्योदय नगरपालिकामा ३ जना, माइ नगरपालिका र फाकफोक थुममा २–२ जना र देउमाई नगरपालिका र माइजोगमाई गाउँपालिकामा १–१ जना संक्रमित भएका छन् । सन्दकपुर र माङ्सेबुङ गाउँपालिकामा भने दोस्रो लहर शुरु भएयता संक्रमित छैनन् ।

यसरीनै इलाममा दुई जना संक्रमितको  मृत्यू भएकाे छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार