मेसीको दुई गोलमा बार्सिलोना विजयी

  आवाज संवाददाता

म्याड्रिड।लियोनल मेसीको दुई गोलमा बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार भ्यालेन्सियालाई ३–२ ले हराउँदै शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँगको दूरी दुई अंकमा कायम राखेको छ ।

ग्याब्रिएलले भ्यालेन्सियालाई अग्रता दिलाएयता मेसीले दुई तथा एन्टोन ग्रिजमनले एक गोल गरे । भ्यालेन्सियाको अर्को गोल कार्लोस सोलारले गरे । बार्सिलोनाले अर्को शनिबार नु क्याम्पमा एट्लेटिकोविरुद्ध खेल्दै छ । यही खेलले लिग–उपाधिको निर्णय गर्न सक्नेछ । एट्लेटिकोको ७६ अंक छ भने उसको पछाडि रियल म्याड्रिड र बार्सिलोनाको समान ७४ अंक रहेको छ । साभार: कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार