स्वास्थ्य मापदण्ड पालना गराउन प्रशासनको अुगमन


इलाम। कोभिड–१९ को महामारीबाट सर्वसाधारणलाई जोगाउन जिल्ला प्रशासन कार्यालय इलामले सोमबार गते इलाम सदरमुकाममा अनुगमन गरेको छ ।

जिल्ला समन्वय समिति गणेशप्रसाद बराल र प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का सहितको अनुगमन टोलीले इलाम सदरमुकाम र विल्याँटे बजारको अनुगमन गरेको थियो । अनुगमनका क्रममा पसलेहरुले आफू जोगिन मास्क र आफूलाईमात्र हुने गरि सेनिटाइजर प्रयोग गरेपनि आफ्ना ग्राहकका लागि भने त्यस्तो नगरेको पाइएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए । ‘मोटर साइकल र यात्रुबहाक सवारीमा सवार यात्रुहरुले प्रायः मास्क प्रयोग गरेकै पाइयो तर पसलहरुमा भने आफूलाईमात्र हुने गरि लुकाएर स–साना बोतलमा सेनिटाइजर राखेको पाइयो ।’ प्रजिअ खड्काले भने ‘भोलिदेखि आफ्ना ग्राहकका लागि पनि हुनेगरि मास्क र सेनिटाइजर राख्न र सकेसम्म साबुन पानीको व्यवस्था गर्न भनेका छौं ।’

इलाममा सोमबार सम्ममा ५४ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार थप आठ जनामा कोरोना संक्रमण पुस्टि भएको प्रशासन कार्यालयले जनाएको छ । दोस्रो चरणको महामारीबाट दुईदिन चुलाचुली गाउँपालिका–१ का ८८ वर्षीय एक वृद्ध र चुलाचुली–५ की ८४ वर्षीया एक वृद्धाको भने मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार