सोयाङकी ख्याम कुमारीकाे लडेर मृत्यु

इलाम।इलाम माइजोगमाई गाउँपालिका ५ सोयाङकी ५४ बर्षीया ख्याम कुमारी लिम्बुको लडेर मृत्यु भएको छ ।

सोमबार बेलुका ८ बजे छिमेकीको घर जाने क्रममा बाटोमा चिप्लिएर अन्दाजी २० मिटर तल झरी टाउकोमा चोट लागी गम्भिर घाइते भएकी लिम्बुको उपचारको लागी जिल्ला अस्पताल इलाम पुर्याउना साथ राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

पौडी खेल्दाँ डुबेर मृत्यु

झापा।झापा शिवसताक्षी नगरपालिका ८ डुडामारी का २८ बर्षीय जिवन थाम्सुहाङ पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

सोमबार बेलुका साढे ५ बजे शिवसताक्षी नगरपालिका १० स्थित माईखोलामा उनि साथीहरूसंग पौडी खेल्ने क्रममा माईखोलाको बाधबाट बगी बेपत्ता भएका थिए । थाम्सुहाङ बेपत्ता भएको खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय झिलझिले र अस्थाई प्रहरी पोष्ट माईधारबाट प्रहरी टोली खटि गई खोजतलास गर्दा बेलुका साढे ७ बजे बगेको ठाँउबाट अन्दाजी ५०० मिटर दक्षिण मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको सो कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार