अपडेट: काेभिड-१९ बाट इलाममा दुईको मृत्यू, इलाम नगरपालिकाभित्र मात्र एकै दिनमा १८ जना संक्रमित

इलाम। इलाममा आज (मंगलबार) १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ जना महिला र ७ जना पुरुषमा स‌क्रमण पुष्टि भएकाे प्रशासनले जनाएकाे छ ।

१८ जनानै इलाम नगरपालिकाका भित्रकालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय इलामका कोभिड–१९ फोकल पर्सन बिमल बरालले जानकारी दिएका छन् । योसँगै इलाममा संक्रमितको संख्या ७४ पुगेको छ ।

यसरीनै संक्रमणका कारण दुई जनाको मृत्यू भएको छ । इलाम सदरमुकामका एक पुरुष र इलाम नगरपालिका वडा नं. ५ की एक युवतीको उपचारको क्रममा मृत्यू भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि संक्रमणबाट दुई जनाको मृत्यू भएको थियो । संक्रमणको दोस्रो लहर चलेयता चार जनाको मृत्यू भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार