इलाम नगरपालिकामा १८ सहित २६ सङ्क्रमित थपिए

  आवाज संवाददाता

इलाममा आज २६ कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये १८ जना इलाम नगरपालिकाका रहेका छन् । जसमध्ये पनि १३ पुरुष र ५ महिला छन् । यस्तै, आज थपिएकामध्ये सूर्योदयन गरपालिकामा, देउमाई नगरपालिका, माई नगरपालिका र माईजोगमाई गाउँपालिकामा एक÷एक जना पुरुष रहेका छन् ।

आजै रोङ गाउँपालिकामा एक महिला र तीन पुरुष गरी चार जना संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।हालसम्म जिल्लामा संक्रमित हुनेको संख्या ९९ पुगेको छ । जसमध्ये चार जनाले ज्यान गुमाइसकेका छन् । मृत्यु हुनेमा इलाम नगरपालिकाका २ र चुलाचुली गाउँपालिकाका २ जना रहेका छन् ।

ताजा विवरण:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार