गायक प्रधानको जीवनी : सिन्धुपाल्चोकदेखि काठमाडौ यात्रा

नेपालका लोकप्रिय गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८५ वर्षीय गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको भतिज मञ्जुकुमार प्रधानले बताए ।

    १२ दिनदेखि सोही अस्पतालमा उपचाररत प्रधानलाई कोभिड संक्रमणको आशंका गरिए पनि उनको परीक्षणमा नेगेटिभ आएको भतिज मञ्जुकुमारले बताए । प्रधानका दुई छोराहरु अमेरिकामा छन् ।  प्रेमध्वजका ‘घुम्तीमा नआउ है’, ‘पर लैजाउ फुलहरु’, ‘नमान लाज यस्तरी’जस्ता दर्जनौं लोकप्रिय गीत छन् । प्रधानले नेपाल भाषाको गीत पनि गाएका छन् ।

      संगीतकार लक्ष्मण शेषले पनि सामाजिक सञ्जालमा उनको निधनबारे लेखेका छन् । ‘अमर श्रष्टा तथा अजर-अमर गायक श्रद्देय प्रेमध्वज प्रधानको स्वर्ग महाप्रस्थानको खबर आयो । उहाँको अन्तिम श्रद्दाञ्जलीका लागि सुरक्षित रही नियमानुशार सहभागि भइदिनु हुन सम्पूर्ण श्रष्टा जगत र गीत संगीतसम्बन्धि सम्पूर्ण संघ संस्थाका पदाधिकारीज्युहरुलाई सुन्धारास्थित न्युरो हस्पिटलमा सहभागी भइदिनु हुन विनम्र अनुरोध गर्दछु’ उनले लेखेका छन् ।

यस्ताे थियाे प्रधानकाे जीवनी

प्रेमध्वज प्रधान प्रसिद्ध नेपाली गायक हुन्। वि.सं.१९९४ साल असार कृष्णपक्षका दिन सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमा साङ्गितिक माहोल थियो। उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय सङ्गीतमा गहिरो रुचि राख्दथे।

उनको घरमा दिनहुँजस्तो साङ्गीतिक कार्यक्रमहरू भइरहन्थ्यो। यसैको प्रभावले विस्तारै उनी पनि सङ्गीतप्रति रूचि राख्न थाले। आफ्नो समयका निक्कै चर्चित र स्टाइलिस गायक प्रधानका गीतहरू आज पनि निकै रुचिपूर्वक सुन्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार