इलाममा हिजाेसम्म १०१ जनामा संक्रमण, २१देखि ४० वर्षका धेरै संक्रमित


इलाम। इलाममा हिजोसम्ममा संक्रमितको संख्या १०१ पुगेको छ ।
यतिका संख्यामा संक्रमित हुँदा २१ देखि ४० वर्ष उमेर समूहका बढी संक्रमित भएको पाइएको छ । यो उमेर समूहका सबैभन्दा बढी २४ महिला र ३१ पुरुषसहित ५५ जना संक्रमित भएका छन् ।

यसरीनै १देखि २० वर्ष समूहका ७ जना संक्रमित भएका छन् । ४१ देखि ६० वर्ष उमेरका २८ जना, ६१ देखि ८० वर्ष समूहका ६ जना र ८१ वर्ष माथिका ५ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

यसरीनै नै इलाम नगरपालिकामा सबैभन्दा धेरै ५९ जनामा संक्रमण देखिएको छ ।
संक्रमणको दोस्रो लहर चलेयता चार जनाको मृत्यू भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार