रुखबाट खसेर इलाम बरबोटेका युवाको मृत्यू


इलाम।इलाम नगरपालिका वडा नं. ५ साविक बरबोटे गाविस वडा नं. ८ का एक युवाको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यू भएको छ ।

छिमेकीको घाँस काट्नका लागि खन्यूको रुखमा चढेका २८ वर्षीय मिलन अधिकारीको रुखबाट खसेर मृत्यू भएको हो । शुक्रबार विहान नौ बजे ५० मिटर अग्लो रुखबाट खस्दा घटना स्थलमै मृत्यू भएको स्थानीय युवा हरि घिमिरेले बताए । घटना स्थलमा प्रहरी बिट बिब्ल्याँटेका प्रहरी गइरहेका छन्  ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार