नक्कली स्टिकर टाँस गरी औषधी बिक्री बितरण गर्ने मेडिकल औषधी पसल संचालक सहित २ जना पक्राउ

  आवाज संवाददाता

विराटनगर। सस्तो औषधीलाई महंगो औषधीको स्टिकर टाँस गरी बिक्री बितरण गर्ने औषधी संचालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर ४ स्थितमा रहेको साथी मेडिकल औषधी पसलका संचालक विराटनगर १० अशोक चोक का २६ बर्षीय सोनु आलम र सोही कार्यमा संलग्न विराटनगर १६ रानी का २३ बर्षीय श्रवण कुमार यादव रहेका छन् । शुक्रबार दिनको १२ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आलमले संचालन गरेको साथी मेडिकल औषधी पसलमा खानतलासी गर्दा स्टासेफ नामक औषधी ४ बट्टा ९सिसी० र च्झमभकष्खष्च नामक औषधि १ बट्टा ९सिसी० फेला पारेको हो ।

आलमले स्टासेफ औषधी रू ९० मा खरीद गरि च्झमभकष्खष्च औषधीको नक्कली स्टिकर टाँस गरी ८ हजार सम्ममा बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानमबाट खुलेको छ । उनले उक्त औषधीमा टाँस्ने स्टिकर भारतको पटनाबाट आयात गरी ल्याएको खुल्न आएको हो । सो क्रियाकलापमा संलग्न अर्का यादव भने यस अघी २०७७ साल कार्तिक २५ गते विराटनगर ११ बसपार्क नजिक रातो भाले होटलमा १० ग्राम ब्राउन सुगर बरामद भएको कसूरमा अनुसन्धानको क्रममा फरार रहेका थिए ।

यादवलाई शुक्रबार विराटनगर १६ रानी आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका आलमलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाईएको छ भने यादवलाई लागूऔषध र कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाईएको सो कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार