कर्मचारीमा संक्रमण देखिएपछि माङसेबुङ एक हप्ताका लागि बन्द

  आवाज संवाददाता

माङसेबुङ। गाउँलिकामा काम गर्ने कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि इलामको माङसेबुङ गाउँपालिकाको सेवा एक साता बन्द गरिएको छ ।

शनिबार माङसेबुङ गाउँपालिकाले एक सूचना प्रकाशन गर्दै वैसाख २६ देखि ३१ गतेसम्मका लागि गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको जनाएको छ ।

गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको तथा अन्य कर्मचारी समेत कन्ट्रयाक ट्रेसिङमा परेको भन्दै गाउँपालिका र वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको सूचनामा उल्लेख छ ।

यसैबीच कन्ट्रयाक ट्रेसिङमा परेकाहरुको वैसाख २६ गतेदेखि एन्टिजिन परिक्षण गर्ने तयारी भइरहेको माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए । त्यसका लागि स्वास्थ्य कार्यालय इलामसँग समन्वय भइरहेको अध्यक्ष इदिङ्गोले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार