माङ्सेबुङमा पनि काेराेना, माई नगरमा एकैदिन १३ जना थपिए

  आवाज संवाददाता

इलाम । इलामकाे माङ्सेबुङ गाउँपालिकामा समेत काेराेना देखिएकाे छ । जिल्लाका १० स्थानीय तहमध्ये हिजाेसम्म सुरक्षित रहेकाे माङ्सेबुङमा हाल एक कर्मचारीमा देखिएकाे हाे । याेसँगै  गाउँपालिकाको सेवा एक साता बन्द गरिएको छ । शनिबार माङसेबुङ गाउँपालिकाले एक सूचना प्रकाशन गर्दै वैसाख २६ देखि ३१ गतेसम्मका लागि गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको जनाएको छ ।

     गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको तथा अन्य कर्मचारी समेत कन्ट्रयाक ट्रेसिङमा परेको भन्दै गाउँपालिका र वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको सूचनामा उल्लेख छ । यस्तै, आज इलामकाे माई  नगरपालिकामा  १६ जनामा  सङ्क्रमण भेटिएकाे छ ।

   पिसिआर परिक्षणमा शनिवार १३ जनाको पोजेटिभ रिपोर्ट आएको माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिए ।  कोरोना पोजेटिभ भई संक्रमित हुनेमा माई २ का ८, १४, २८ र २९ माई ३ का २८ र २९, माई ५ का ३४ र ७६ र माई ९ का २२ बर्षका पुरुष रहेका छन। त्यस्तै ४ जना महिला पनि संक्रमित भएका छन।

     संक्रमित हुनेमा माई २ का २८ र ३४ बर्ष, माई ५ का ७३ बर्ष र माई ७ का ३४ बर्षका रहेका छन । यस अघि माई १, ३, ४ र ६ का ४ जना पुरुष संक्रमित भई होमआईसोलेशनमा रहेको प्रमुख कट्टेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार