इलाममा थपिए १८ सङ्क्रमित, इलाममा २१ देखि ४० उमेर समूहमा काेराेना सङ्क्रमण उच्च

  आवाज संवाददाता

इलाममा १८ सङ्क्रमित थपिएका छन् । आज थपिएकामा माई नगरपालिकामा १३, इलाम नगरपालिकामा ३, रोङ र माङ्सेबुङमा १÷१ जना गरि १८ जनामा सङ्क्रमण देखिएको हो ।

हालसम्म इलाममा १ देखि २० बर्ष उमेरका ९, २१ देखि ४० उमेरका ७७, ४१ देखि ६० उमेर समूहका ३२, ६१ देखि ८० उमेर समूहका ११ र ८१ मथिका ५ जना गरि एक सय ३४ जना सङ्क्रमित थपिएका छन् । यो सँगै ५५ महिला र ७९ पुरुषमा कोरोना सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले इलाम आवाजलाई जानकारी दिएको छ ।हालसम्म जिल्लामा सङ्क्रमणबाट चार जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार