देशभर शनिबार थपिए ८,४१८ जना संक्रमित, सक्रिय संक्रमितको संख्या ८३ हजार नाघ्यो

  आवाज संवाददाता

इलाम । पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ जनामा संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर १७ हजार ३१५ जनाको आरटी–पीसीआर गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेट परीक्षण गर्दा १३१ जना गरी कुल ८,४१८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ८५ हजार ८९० जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ६३२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ९८ हजार ७६५ जना पुगेको छ । यो कुल संक्रमितको ७७।४ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ जना छ । संक्रमितको संख्या तीव्र गतिमा वृद्धि भएसँगै पछिल्लो समय नेपालमा सक्रिय संक्रमितको संख्या पनि ह्वात्तै बढेको हो ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २६ लाख १५ हजार ७२० जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ३ हजार ४९३ जना आइसोलेसन र ३९ जना क्वारेन्टिनमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार