संक्रमणका कारण इलाम चोकबजारका एक पुरुषको मृत्यू

  आवाज संवाददाता

इलाम। कोराना संक्रमण भएका इलाम चोक बजारका एक पुरुषको शनिबार राती मृत्यू भएको छ ।

बैंशाख २४ गते झापाको बिएण्डसीमा उपचारका क्रममा गएका बेला कोरोना भाइरस पोजेटिभ देखिएका ६९ वर्षीय उनी होम आइसोलेशनमा बस्दै आएका थिए । गएराती स्वास्थ्यमा समस्या भएपछि उपचारको लागि झापा तर्फ लैजादै गर्दा उनको मृत्यू भएको जनाइएको छ ।
अहिले उनको शव इलाम अस्पतालको आइसोलेशन अगाडि एम्बुलेन्समै राखिएको छ ।

माइखोलामा अन्त्यष्टि गर्ने तयारी भइरहेको छ । नेपाली सेनाले उनको अन्त्यष्टि गरिने बताइएको छ ।
इलाममा योसँगै कोरोना संक्रमणका कारण मृत्यू हुनेको संख्या ५ पुगेको छ । चुलाचुली गाउँपालिकाका २ जना र इलाम नगरपालिकाका ३ जनाको मृत्यू भएको छ ।
इलाममा शनिबारसम्ममा संक्रमितको संख्या एक सय ३४ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार