इलाम चमैताका मृगौला पीडितलाई कोरियाबाट आर्थिक सहयोग

दक्षिण कोरिया।विगत केही समय अघि देखि दुबै मृगौलामा समस्या भएर उपचार गराई रहेका देउमाई नगरपालीका – १ चमैताका रमेश कुमार राईलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

दक्षिण कोरियामा कार्यरत सप्तरङ्गी न्युज अनलाईनका कोरियाप्रतिनिधि छत्र बहादुर राई,सन्तोष राई,मिलन राई, लगायत युवाहरुको अगुवाईमा केहि समय अघि एक अभियान संचालन गरिएको थियो । कोरियामा कार्यरत सहयोगी दाताहरु र हाल जापानमा रहेका रेश कुमार राई सहितको सहयोगमा संकलित रकम १ लाख २ हजार ६ सय ७५ रुपैयाँ सहयोग गरिएको हाल कोरियामा रहेका इलाम सोयाङ्गका छत्रबहादुर राईले जानकारी गराए ।

वैदेशिक रोजगारीको सिलसिलामा युएई पुगेका राई अचानक बिरामी परे पछि अस्पताल भर्ना गरिएको र स्वास्थ्य परिक्षणका क्रममा दुबै मृगौलामा समस्या देखिए पछि नेपाल फर्किएका थिए । हाल शिक्षण अस्पताल काठमाडौमा उपचार गराई रहेका राईको उपचारका क्रममा धेरै खर्च भएको र थप उपचारका लागी पारिवारिक आर्थिक स्थिती कमजोर भएकोले सहयोगको लागी आव्ह्वान गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार