इलाम, प्रतिपक्षी दलका नेता एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण रूपमा असफल भएको छ । उनले प्रधानमन्त्रीलाई रोस्टमबाटै भने,“एकपटक छातीमा हात राखेर भन्नुहोस् । के तपाईले गरेका काम सही छन् ’ उनले भने,‘मानिसले अरूले ढाट्न सक्छ ।तर,आफूले आफैलाई सक्दैन ।’
उनले कोरोनाकालमा वर्तमान सरकारले कामै नगरेको बताए । उनले बलैमा सरकारले काम नगरेको र सावधानी नअपनाएको काम यो स्थिति आयो । देउवाले अहिलेसम्म थोरै मात्रै मान्छेलाई भ्याक्सिन लाइएको बताए भने कमिसनका कारण खोप आउन नसकेको बताए । आज प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिइँदैछन् । यसै सन्दर्भमा देउवाले आफ्ना कुरा राखेका हुन् ।