प्रचण्डले रोस्टमबाट ओलीलाई भने, इनफ इज इफ इनफ, राजीनामा दिनुहोस्’

  आवाज संवाददाता

इलाम, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनु पूर्व संसदको रोस्टमबाट बोल्दै प्रचण्डले संविधानको मर्म र भावना विपरीत वर्तमान सरकार गएको औल्याएका छन् ।

    उनले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापित गरेलगत्तै आफूले प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेको सुनाए । उनले भने,‘आज पनि त्यही भन्छु, इनफ इज इनफ, आजै राजीनामा दिनुहोस् ।’

   उनले आफू वर्तमान सरकारको विपक्षमा मतदान गर्नुपर्दा ‘विल्कुल’खुसी नभएको जनाए । संविधान बनाउँदा नै पक्ष, विपक्ष, सरकार परिवर्तन जस्ता लफडामा नपर्न आफूहरूले स्थायित्वका लागि पाँच बर्षे सरकार बनाउन संविधानमा लेखेको जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार