जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले विगतका प्रधानमन्त्रीले वर्तमान सदनको काम नै नभएको बताएको जनाएका छन् । उनले भने,‘सदनमा बोल्दै जुन सदनप्रति प्रधानमन्त्रीको विश्वास छैन ।
त्यही सदनमा कुसरी विश्वास दिने ’ पुराना विषयमा ध्यानकेन्द्रित गर्दै उपेन्द्रले विगतमा मधेश आन्दोलनमा केपी शर्मा ओलीले देखिनसहएको र अहिले नजिकिन खोजेको सुनाए ।
‘प्रधानमन्त्री ज्यु, तपाईंले नै मधेश कुन हो भनेर भन्नुभयो, विहार÷युपी पनि मधेश भन्नुभयो ।’ उनले प्रधानमन्त्री ओलीकै कार्यकालमा मधेशीहरू वन्दी परेको र अहिले पनि जेल÷नेल भोगेको बताए ।
उनले सरकारको चर्को आलोचना गर्दै कोरोना महामारीका वेला भीड फैलाउन प्रधानमन्त्री हिडेको बताए । उनले हाँस्दै भने,‘आफ्नो क्षेत्रमा रामको मन्दिर वनिने भयो भने प्रचण्डजी खुसी हुनुभयो होला भनेको उहाँ पनि दुःखी नै हुनुहुँदो रहेछ ।’