इलाममा थप ४१ जनामा संक्रमण पुष्टि

इलाम।इलाममा पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
इलाम नगरपालिकामा मात्र  ११ जना महिला र १६ जना पुरूष गरी २७ जना संक्रमित भएका छन् । योसँगै इलाम नगरपालिकामा संक्रमितको संख्या ११३ पुगेको छ । यसरीनै रोङ गाउँपालिकामा १ जना, माई नगरपालिकामा २ जना, चुलाचुली गाउँपालिकामा ८ जना, देउमाई नगरपालिकामा १ जना, फाकफोक थुम, माइजोगमाई गाउँपालिकामा १-१जना संक्रमित भएका छन् ।

इलाममा अहिलेसम्म १९२ जनामा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार