महन्त ठाकूरले भने वैकल्पिक सरकार जसपाकाे उद्देश्य हाेइन

 काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार गठन आफ्नो पार्टीको प्राथमिकतामा नरहेको बताएका छन् ।

सोमबार राति विज्ञप्ति जारी गर्दै ठाकुरले आफ्नो एजेण्डा सम्बोधनको पक्षमा रहेको बताएका छन् । सत्ताको खेलामा भन्दा पनि आफूहरुले उठाउँदै आएको एजेण्डा पूरा गराउन तल्लीन रहेको बताएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारसँग निरन्तर वार्ता भइरहेको र आफ्ना एजेण्डा पूरा गराउन प्रयासरत रहेको भन्दै नयाँ सरकार गठन आफ्नो प्राथमिकतामा नरहेको स्पष्ट पारेका हुन् । नागिरकखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार