कोरोना जितेका विपुलको अनुभव – मनोवल उच्च बनाए सहजै जित्न सकिन्छ कोरोना(अन्तर्वार्ता)

कोरोना कहरमा हामी सहयात्री

(विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व आतङ्कि बनेको छ ।सङ्क्रमण हुने र मृत्यु हुनेको तथ्याङ्क दिनानुदिन बढ्दो छ । कोरोना भाइरसका कारण मात्र नभई कोरोना आतङ्क र अफवाहका कारण पनि धेरै मानिस रोगी हुनु परेको छ । कोरोनाको वास्तविकता नबुझी लहैलहैमा मानसिक तनाब लिने र मनोरोगी बन्ने गरेका घटना पनि हामीले सुनेका छौ । यसै विषयलाई ध्यानमा राख्दै हामी कोरोना सङ्क्रमित, कोरोना महामारीमा खटेका व्यक्ति वा परामर्शदार्तासँग छलफल गर्ने प्रयत्न गरेका छौं । यसका कारण कोरोनाको प्रतिरोधी शक्ति बढ्ने अनुमान गर्दै हामी प्रत्येक दिन यस्ता सामग्री स्रोता र दर्शकमाझ ल्याउने प्रयत्न गर्दैछौ । हाम्रा सामग्री के कस्तो लाग्छ । सुझाब लेखेर पठाउनु हुन्छ भन्ने विश्वास लिएका छौ ।)
पाँचथरका सञ्चारकर्मी विपुल अधिकारीलाई सामान्य रुघा, खोकी देखियो । रुघा, खोकीसँगै ज्वरो बढेपछि उनलाई कोरोनाको आशङ्का लाग्यो । कोरोना जाँच गर्दा रिर्पोट पोजेटिभ आयो । अहिले अधिकारी होम आइसोलेशनमानै हुनुहुँन्छ । उनकै बारेमा इलाम आवाजले तयार पारको अन्तर्वार्ता सामग्री प्रस्तुत छ ः
प्रश्न ः तपाईं कोरोना सङ्क्रमित हुनुभएछ, कसरी कोरोना सङ्क्रमित भइयो भन्ने लाग्छ ?
उत्तर ः म अहिले काठमाडौंमा छु । म जिल्लाबाट बैशाख ८ गते काठमाडौं आएँ । म काठमाडौं आउँदासम्म संक्रमित थिइन् । दैनिक रूपमा बढ्दो कोरोना संक्रमण बढिरहेको थाहा थियो । म काठमाडौं आएर पनि आफ्नो अति आवश्यक काम बाहेक बाहिर हिडिन । हिड्दा पनि कोरोना रोकथामका मापदण्ड पूरा गरेर हिड्ने गरेको थिए ।

    एउटा आवश्यक काममा पुरानो वानेश्वरमा रहेका एउटा प्राइभेट कम्पनीको कार्यालयमा गएको थिए । त्यो दिन त केही भएर पर्सिपल्ट कार्यालयका २ जना कर्मचारीलाई कोरोना पोजेटिभ भएको थाहा पाए । त्यतिञ्जेलमा मलाई पनि सामान्य ज्वरो आउन थालेको थियो । उहाँहरुले उक्त जानकारी गराएपछि मैलै कोठाबाटै उपचार थाले । भोलि ज्वरो निकै आएको थियो । काठमाडौं मेडिकल कलेजमा गएर स्वाव परिक्षणका लागि दिए । अनि मेरो रिपार्ट पोजेटिभ आयो ।
प्रश्न ः आफू कोरोना सङ्क्रमित भएको थाहा पाउँदा कतिको डर लाग्यो ?
उत्तर ः मेरो रिपोर्ट आउनुभन्दा लक्षण देखिएको थियो । मैले हो की हैन् भनेर मात्र स्वाव परिक्षण गराएको हो । संक्रमण भइयो भन्ने अगाडिनै थाहा थियो । तर, मलाई अलिकति पनि डर लागेन । कोरोना लाग्यो नै भनेपनि म जित्छु भन्ने उच्च मनोवल थियो । विभिन्न मिडियामा आउने समाचार र अफवाहबाट जानकार नै थिए । हुन त म एउटा सञ्चारकर्मी दिनहुँ समाचार सम्प्रेषण गर्नु पर्ने ।
दैनिक यतिका संक्रमित थपिए र यतिको मृत्यु भयो भनेर अनलाइनमा समाचार पोष्ट गर्नु पर्ने । संक्रमित भएर पनि होम आइसोलेसनमा बसेर काम छोडिन । आफै संक्रमित अनि त्यस्ता समाचार पोष्ट गरिरहदा पनि म मा मनोवल भने उच्च नै भयो । मलाई डर भन्ने शब्द मन मस्तिष्कमा आएन् । जित्छु भन्ने विश्वासका साथ होम आइसोलेसनमै बसे ।
प्रश्न ः तपाईंसँगै अरू कोकोलाई कोरोना देखियो ?
उत्तर ः हामी चार जना एउटा फ्ल्याटमा बस्छौं । किचन एउटै भएकोले मसँगै बस्ने एक जना भाइलाई पनि कोरोना देखियो । उस्तै लक्षण देखिएपनि हामीसँगै स्वाब परिक्षण गराउन गएका थियौं ।
प्रश्न ः कहाँ जाँदा कोरोना स¥यो भन्ने अनुमान लाउनुभएको छ ?
उत्तर ः माथि पहिलो प्रश्नमा नै पनि भनेको छु । एउटा कम्पनीमा गएको थिए । त्यहाँ कम्पनिका कर्मचारीहरु संगै बसेर चिया खाइयो । उक्त कम्पनीका कर्मचारीहरुमा संक्रमण देखिएकोले मलाई पनि त्यहीबाट संक्रमण सरेको अनुमान गरेको छु ।
प्रश्न ः अनि घरपरिवारमा कुरा गर्नुभयो कि भएन ?
उत्तर ः अँ, गरे नी । समान्य ज्वरो आउँदै छ । म गएको कम्पनीको दाइहरुलाई संक्रमण देखियो । सायद, मलाई पनि देखिन्छ होला भनेको थिए । अनि रिपोर्ट आएपछि सुनाए । अनि भने डराउनु पर्दैन जुनसुकै हालतमा कोरोना जित्छु । कोरोना संक्रमण देखिएपछि घर परिवारमा सुनाउनु नै राम्रो हो ।
प्रश्न ः तपाईं कोरोना भोगेको मान्छे, खासमा कोरोना के रहेछ ?
उत्तर ः तपाईको यो प्रश्न सान्दर्भिक छ । खासमा कोरोना भन्ने वित्तिकै मान्छे डराउने र आत्तिने गर्नु हुँदैन । डर भन्ने चीज मन मस्तिष्कमा राख्नु हुँदैन । कतिपय सञ्चारमाध्यमहरुले कोरोनाका विषयमा अनावश्यक समाचार प्रकाशन गरेको पाइन्छ । त्यस्ताको पछि लाग्नु हुँदैन् ।
कोरोनाको लक्षण हो की भन्ने लागे स्वास्थकर्मीसँग परामर्स थाल्नु पर्छ । अनि स्वाव परिक्षणका लागि दिनु पर्छ । रिपोर्ट पोजेटिभ नै आए पनि आत्तिनु भने हुदैन् । आतिएर धेरै जनाको ज्यान गएको पनि सुनिएको पाइन्छ । कोरोना लागेपछि नियमित स्वास्थकर्मीको परामर्श र पहिला कोरोना लागेर निको भएका व्यक्तिहरुसँग पनि सल्लाह लिन सकिन्छ । फेरि पनि भन्छु कोरोनासँग डराउनु चै पटकै हुँदैन । जित्छु भन्ने मनोवल हुनुपर्छ । २ वटा कुरमा चै विशेष ध्यान दिए जितिन्छ भन्ने लागेको छ मलाई । निमोनिया हुनबाट जोगिने र स्वास प्रस्वासको विषयमा ध्यान दिने ।
प्रश्न ः तपाईंले होम आइसोलेशनमा बसेर कोरोनाको उपचार कसरी गर्नु भयो ? कोरोनाबाट बच्न के गर्दा उचित हुन्छ ?
उत्तर ः मलाई जब लक्षण देखियो तब मैले सावधानी अपनाउन थाले । डाक्टरको सल्लाहबमोजिम औषधि सेवन गर्नु पर्दछ । थर्मोमिटरबाट दिनको ३÷४ पटक ज्वरो नापे अक्सोमिटरबाट अक्सिजनको जाँच गरियो । दिनमा ३ पटक पानी तताएर वाफ लिए । तातोपानी १५÷२० मिनेटको फरकमा पिइरहेको छु । गेडागुडीको झोल र झोलीलो पदार्थ धेरै खानुपर्छ । हटव्यागले छाति तातो बनाइराखे । दिनको ३ पटक विहान, दिउसो र वेलुकी युट्युवमा हेरेर योगा गरिरहेको छु । आधा एक घण्टा धाम ताप्ने । नुहाउदा सकेसम्म तातोपानीले नै नुहाउने ।
प्रश्न ः होमआइसोलेसनमा बस्न ध्यान दिनु पर्ने विषय के के हुन् ?
उत्तर ः सुरुमा खानपानमा ध्यान दिने । चिसो पदार्थ केही पनि नखाने । सौचालय एउटै प्रयोग नगर्ने । सौचालय जाँदा मास्कको अनिवार्य प्रयोग गर्ने । होम आइसोलेशनमा बस्दा आफ्नो मनोवल उच्च बनाईराख्नु जरुरी छ । अन्य विरामी जस्तो साथीहरुलाईसँगै राख्न नसकिने भएकाले एक्लै बस्नु पर्ने हुन्छ । एक्लै छु भन्ने र मनमा विभिन्न कुराहरु खेलाउने गर्नु हुँदैन् । त्यस्तो भयोभने डिप्रसन भएका घटनासमेत बाहिरीएका छन् । बरु, युवट्युवमा विभिन्न ज्ञानवर्दक कुराहरु हेर्ने । गर्नु पर्छ ।
प्रश्न ः कोरोनामुक्त त हुनु भयो ? अब चाहिँ कसरी काममा फर्किनु हुन्छ ?
उत्तर ः म संक्रमण मुक्त भए । आज १३ दिन भयो । मैले फेरि स्वाब परीक्षण लागि दिएको छैन । १५ दिन पछि दिन्छु भनेर बसेको हो । तर, अहिले लक्षण केही पनि छैन् । मैले कोरोना जीति सके ।
म संक्रमण भइरहदा पनि काम छोडेको छैन । तर, पहिला जस्तो एक्टिभ भएर गर्न चै सकिन । मैलै हिजो बाटनै एक्टिभ भएर काम थालि सके । अनलाइनको काम घरमै बसेर काम गरिरहेको छु ।
प्रश्नः अन्त्यमा अरू केही भन्न चहानुहुन्छ ?
मैले सबै भनिसके जस्तो लाग्छ । तर, पनि कोरोनासँग कोही नडराउनुहोला भन्छु । लाग्न नदिनु होला । लागि हाले शरिरलाई तातो बनाइ राख्नुहोला । चिसो नखानुहोला । सुत्ता घोप्टो परेर सुत्न डाक्टरले सल्लाह दिनुहुन्छ । त्यसको पालन गर्नुहोला । स्वास प्रस्वासमा समस्या देखिए तुरुन्तै अस्पताल जानुहोला ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार