कोरोना ः थप चार संक्रमित, एकको मृत्यु, छ जना आइसोलेसनमा उपचाररत

इलाममा थप चार जना कोरोना संक्रमित थपिएका छन् । आजको रिर्पोटअनुसार इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाका २÷२ जना सङक्रमित थपिएका हुन् ।

जम्मा जिल्लाभरका कोरोना सङक्रमितको सङ्ख्या एक सय ९६ पुगेको छ । हाल होमआइसोलेसनमा एक सय ५६ जना छन् भने २१ ज्नाको अवस्था सामान्य छ ।

जिल्लामा १८ बर्षमुनीका संक्रमितको संख्या १५, १९ देखि ४० उमेर समूहका सङ्क्रमितको सङ्ख्या११५, ४१ देखि ६० उमेरका ४५, ६१ देखि ८० उमेरका १५ जना र ८१ मथिका ६ जना सङ्क्रमित छन् । हाल जिल्लामा एक सय ३ पीसीआर परीक्षण र ९३ एन्टिजेन परीक्षणबाट संक्रमित पत्ता लागेका हुन् । हाल जिल्लाका छ जना सङ्क्रमित आइसीयुमा भर्ना भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार