बझाङ, भदौ ८गते । लगातारको बार्षाले जिल्लाको खप्तड छान्ना गाउँपालिकाका दुई गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । खप्तड छान्ना गाउँपालिका ३ धडा गाउँ र सोही गाउँपालिको ७ को गोर्खालीको फाटे र किमशैन गाउँ पहिरोको उच्च जोखिममा परेका हुन् ।
लगातार आएको बर्षाका साथै गाउँ मुनीबाट सडक खन्दा धडा गाउँ मुनीबाट पहिरो आउन सुरु भएपछि स्थानीय पहिरोले गाउँ बगाउने चिन्ता छन् । गाउँ मुनीबाट कुचेखेला लम्तडा सडक निर्माण गर्दा धडा गाउँको मुनीबाट पहरो बग्न थाले पछि स्थानीय २० परिबार घरबाट बिस्थापित भएर आफन्तको घरमा बसोबास गर्दै आई रहेका छन् । स्थानीय सेते सार्कीको आगनमा रहेको सौचालय पानीको धारा र घर अगाडीको बारी समेत पहिरोले बगाएको छ भने गाउँ भरि समेत पहिरोले चिरा चिरा परेको स्थानीय शिद्धराज सार्कीले बताउनुभयो । उहाँले सडक निर्माणको जिम्मा पाएको चन्द्रा बसन्ती ठेकेदार कम्पनी संग अहिले कटान नगरि दिन बारम्बार आग्रह गर्दा पनि असारको महिना सडक फराकिलो बनाउने भन्दै जबरजस्ती रुपमा कटान सुरु गरे पछि गाउँनै जोखिममा परेको छ भने स्थानीयहरु पानी पर्दा रात भरि जाग्राम बस्नु पर्ने अबस्था आएको समेत बताउनुभयो । धडा गाउँमा पहिरो लागे पछि त्यसको मुनी तिर रहेको सुनारगाउँ समेत पहिरोको जोखिममा परेको छ । पहिरोले गाउँ समेत बगाउन सक्ने भन्दै स्थानीयहरुले गाउँपालिकामा समेत जानकारी दिएका छन् ।
त्यस्तै सोही गाउँपालिका ७ गोर्खालीमा रहेका खाटे र किमसैन गाउँको माथीबाट चिरा चिरा परि पहिरो बग्न थाले पछि स्थानीयका ४ वटा गोठहरु बगाएको छ भने चार परिबार बिस्थापित भएका छन् । गाउँ माथीको भिरालो जमिन बगेर आउन थाले पछि यहाँका ३० परिबार जोखिममा रहेको स्थानीय ललित सिंहले जानकारी दिनु भयो । उहाँले भन्नुभयो , पहिरो आउने चिन्ताले गाउँलेहरु रात भर नसुतेर पहिरोको डिउटी गर्नुपर्ने अबस्था आएको छ । यसका लागी स्थानीयतहलाई जानकार िगाराएको भएपनि बस्ती सुरक्षित स्थानमा सार्नका लागी कुनै पहल हुन सकेको छैन् ।
लगातारको बर्षाले खप्तड छान्ना गाउँपालिकाका बिभिन्न ठाउँमा सयौ हेक्टर खेतीयोग्य जमिन कटान गर्नुका साथै स साना पानी घट्ट , पुलहरु समेत बगाएको छ । स्थानीय जडारी गाडको किनारामा रहेको खप्तड माध्यामिक बिद्यालय कालुखेतीमा चौरमा रहेको मन्दिर र चौर समेत बगाएको छ भने बिद्यालय समेत जोखिममा परेको छ ।