काेराेना : थप एककाे मृत्यु,१३ संक्रमित बढे,सङ्क्रमणमुक्त नाै

इलाम  । कोरोनाबाट इलाममा थप एकको निधन भएको छ । देउमाई नगरपालिका–६ का ३५ बर्षिय कैदीको इलाम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन बिमल बरालले जानकारी दिए । योसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ । आज इलामभर १३ संक्रमित थपिएका छन् ।

इलाम नगरपालिकाका २, रोङ गाउँपालिकाका एक, माई नगरपालिकाका तीन, सूर्योदय नगरपालिकाका पाँच,देउमाई नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो । जिल्लामा संक्रमितको संख्या दुई सय ९ पुगेको छ । हाल एक सय ६७ जना होमआइसोलेसनमा, पाँच जना आइसियुमा छन् भने २१ ज्नाको स्थिति सामान्य रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार