अहिलेनै नेपाल पक्षका सांसदहरुले राजिनामा नदिने

इलाम।प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहिबार वार्तापछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै बरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको कुरा तत्काललाई टरेको बताएका छन्।

माधव नेपालले भने, ‘राजीनामा दुई चार दिनलाई टर्‍यो।’ चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा अध्यक्ष ओलीसँग झन्डै ४ घन्टा वार्ता गरेपछि उनले तत्कालाई राजीनामाको स्थिति टरेको बताएका हुन्।

वार्ता र संवाद जारी रहेको भन्दै नेता नेपालले मिल्ने दिशामा अगाडि बढेकाले राजीनामा दिने कुरा तत्काललाई टरेको जानकारी दिएका हुन्। यद्यपी प्रधानमन्त्री ओलीले भने कुनै पनि प्रतिक्रिया दिएनन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार