काेराेना(कविता)

  सुदिक्षा भट्टराई

बढेर कोरोना गयो, ठूलो भयो ठूलो भयो
नरोकिने भएर यो त, विश्व नै कज्याउँदै गयो
छ यो कति कठोरलौ, बताउला र को कहाँ
सबै डुविसक्यो सक्यो, गयो नि विश्व भासमा !!!!
कठोर यस खराबले, धरा रोइन धुरुरुरु
लिँदैछ प्राण दुष्ट यो, मनुष्य झन् खुरुखुरु
लखेटिदैछ विश्व नै , अतालिदै छ मानव
झनै कठोरता तिरै, वढिरहेछ दानव !!!!
छ के यहाँ रहस्य के, वताउला र को अब
कि खाली नै हुने धरा,मरिसकेर मानव
अहो नि ! लाख मृत्युले, निलिसक्यो निलिसक्यो
परिस्थिति कठोर झन्, वनिसक्यो वनिसक्यो !!!!
छ रोग कोराेना जताततै, कति ठूलो कति ठूलो
लियो नि प्राण दुष्ट ले ,हुँदैछ है धुलो धुलो
मिलेन औषधिमुलो,हुदैँ गयो ठुलो ठूलो
अझै पनि नरोकिए , हुने भयो क्षति ठूलो !!!!

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार