संक्रमणबाट इलामका थप एकको मृत्यू, मृत्यू हुनेको संख्या आठ पुग्यो

इलाम। कोरोना भाइरसको संक्रमणबाट इलाम नगरपालिका वडा नं. ७ का एक पुरुषको मृत्यू भएको ।

कोरोना पोजेटिभ भएपछि चार दिनअघि झापाको मेची अस्पताल भद्रपुरमा उपचारत रहेका ५७ वर्षीय श्रेष्ठ थरका पुरुषाको आज विहान ८ बजे मृत्यू भएको वडाध्यक्ष नरेश श्रेष्ठले बताए ।

उनको शव अन्त्यष्टिका लागि इलाम ल्याइएको छ । सेनाले शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

योसँग इलाममा मृत्यू हुनेको संख्या ८ पुगेको छ । इलाम नगरपालिकाका ४ जना, चुलाचुली गाउँपालिकाका २ जना, माइजोगमाई गाउँपालिका र देउमाई नगरपालिकाका एक एक जनाको मृत्यू भएको छ ।

इलाममा हिजोसम्म दुई सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार