नेपालको ४३औं प्रधानमन्त्रीका रूपमा ओलीले लिए सपथ

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको ४३औं प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहका बीच आज शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् । उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा ओलीले सपथ ग्रहण गरेका हुन् ।

ओलीलाई बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९३० बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

यसरी नियुक्त प्रधानमन्त्रीले अब ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्छ, नभए धारा ७६ ९५० अनुसार सरकार गठनको प्रयास हुने छ । त्यो पनि असफल भए मुलुक मध्यावधि चुनावतिर जान सक्छ ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ ९२० अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आहृवान गरेकी थिइन् । वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भए र सरकारका लागि दाबी नै गर्न सकेनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार