इलाम कोरोना अपडेट : दिनैपिच्छे संक्रमित बढ्दै, निको हुने संख्या पनि १४ पुग्यो

इलाम ।  केहीदिन यता इलाममा संक्रमित निरन्तर बढ्दो क्रममा छन् । कोरोना नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा गरेपनि कोरोना बढ्दो क्रममा छ । आज मात्रै इलाममा १० संक्रमित थपिएका छन् ।

अहिले सम्म इलाम नगरपालिका उच्च जोखिममा छ ।
इलाम नगरमा मात्रै हालसम्म एक सय २२ जना संक्रमित भइसकेका छन् । जसमध्ये चारको मृत्यु भइसकेको छ । आज मात्रै पनि एक जनाको मृत्यु भइसकेको छ । आज सूर्योदय नगरपालिकामा १५ , चुलाचुली गाउँपालिकामा ६ , इलाम नगरपालिका ४ र माई नगरपालिका २ मा कोरोना पुष्टि भएको हो ।
योसँगै इलाममा संक्रमित हुनेको संख्या दुई सय ४३ पुगेको छ । इलाममा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार