(विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व आतङ्कित बनेको छ ।सङ्क्रमण हुने र मृत्यु हुनेको तथ्याङ्क दिनानुदिन बढ्दो छ । कोरोना भाइरसका कारण मात्र नभई कोरोना आतङ्क र अफवाहका कारण पनि धेरै मानिस रोगी हुनु परेको छ । कोरोनाको वास्तविकता नबुझी लहैलहैमा मानसिक तनाब लिने र मनोरोगी बन्ने गरेका घटना पनि हामीले सुनेका छौ । यसै विषयलाई ध्यानमा राख्दै हामी कोरोना सङ्क्रमित, कोरोना महामारीमा खटेका व्यक्ति वा परामर्शदार्तासँग छलफल गर्ने प्रयत्न गरेका छौं । यसका कारण कोरोनाको प्रतिरोधी शक्ति बढ्ने अनुमान गर्दै हामी प्रत्येक दिन यस्ता सामग्री स्रोता र दर्शकमाझ ल्याउने प्रयत्न गर्दैछौ । हाम्रा सामग्री के कस्तो लाग्छ । सुझाब लेखेर पठाउनु हुन्छ भन्ने विश्वास लिएका छौ ।)
ठूलो संख्यामा कोरोना संक्रमित भेटिएकाले इलाम नगरपालिका अन्य स्थानीय तहको तुलनामा बढी जोखिममा परेको छ । नगरमा हालसम्म एक सय २२ जनामा संक्रमण देखिएको छ । जसमध्ये चार जनाको मृत्यु भइसकेको छ । पाँचजना संक्रमणमुक्त भएका छन् ।
नगरमा कोरोना देखिएको एक महिना पनि भएको छैन । तर, एकपछि अर्को गर्दै समुदायमा संक्रमण पुगिसकेको छ । संक्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको छ तर संक्रमित बढ्न छाडेका छैनन् । यसै सन्दर्भमा इलाम आवाजले इलाम नगरपालिकाकी स्वास्थ्य प्रमुख रमन्ता पौड्यालसँग गरेको कुराकानी प्रस्तुत छ :
जिल्लाका अन्य स्थानीय तह भन्दा इलाम नगरपालिकामा बढी कोरोना संक्रमित भेटिएका छन्, कारण के हो ?
उत्तर : सुरुमा हामी कोही पनि सचेत भएनौ । गएको बर्षको संक्रमणमा सर्वसाधारणले पनि स्वास्थ्यका मापदण्ड पालन गरेको देखियो । यो पल्ट विलकुल छैन । हामीले सचेत पनि गराउन खोजेउ । तर भएन । कोरोना प्रभावित क्षेत्रबाट लगातार आउने÷जाने भएकाले सरेको हो । ‘हाइ रिक्सली’ क्षेत्रबाट आवतजावत भएपछि कोरोना धेरै नै बढ्यो । अनि सर्वसाधारणमा पहिले जस्तो कोरोना बारे सचेत भएको पाइएन । त्यही कारण कोरोना दर उच्च रहयो ।
प्रश्न : शुरुमा कहिले÷कहाँबाट संक्रमण देखा परेको थियो ?
उत्तर : बैशाखको ११ गते जस्तो लाग्छ । इलाम नगरपालिका बजार क्षेत्रकै एक जना लक्षण देखापरेपछि चेकअप गर्दा संक्रमण देखिएको थियो । उहाँमार्फत नै उहाँको परिवारमा पनि स¥यो । अहिले उहाँ र उहाँको परिवारलाई ठिक छ । तर, त्यसपछि भने नगरमा एकपछि अर्को बढ्दै गयो ।
प्रश्न : यसरी संक्रमण फैलिदै जानुमा कमजोर कस्तो हो ? हामी नियन्त्रणबाहिर गइसकेका हौ ?
उत्तर : शुरुदेखि नै हामीले त सचेत गराएको हो । रेडियो÷पत्रपत्रिकामार्फत सूचना पनि छाड्यो । माइकिङ पनि ग¥यौ । त्यसपछि बजारमा सामान्यतया मास्क लगाएको देखियो । तर दुःखको कुरा । कसैले घाँटीमा लगाएको छ । कसैले हातमा बोकेको छ । धेरै जनाले यस्तो गरेको देखियो । साँच्चीकै भन्दा हामीले मापदण्ड पालना गराउन नसकेको हो । अलि बढी हेल्चेक्र्याइ पनि भयो । अनि अर्को, कुरा । अहिले कोरोना संक्रमण परिवार तहमा पुगिसकेका छौ । यसरी भन्दा हामी नियन्त्रणबाहिर नै छौ । यो संक्रमण पहिलेको जस्तो छैन । संक्रमण दर उच्च छ । त्यसैले पनि आफू÷आफू सचेत भएर बस्दा मात्र हामी नियन्त्रणमा पुग्छौ ।
प्रश्न : अहिले तपाईंहरू नगरका जोखिम क्षेत्र किटान गरेर काम गर्दै हुनुहुन्छ कि कसरी गर्दै हुनुहुन्छ ?
उत्तर : हामी नगरका कुन कुन क्षेत्र जोखिमयुक्त छन् हेरेर काम गरिरहेका छौ । अहिले जुन जुन क्षेत्रमा बढी संक्रमण देखिरहेको छ । त्यसैलाई जोखिमयुक्त मानेका छौ । इलाम नगरपालिकाको वडा नं. ७ र वडा नं. ५ बढी जोखिमयुक्त क्षेत्र हुन् । यस्तै इलाम नगरपालिका १ साँखेजुङमा पनि कोरोना संक्रमण उच्च दरमा फैलिएकाले जोखिम क्षेत्रमै परेको छ ।
अब कोरोना नियन्त्रणका लागि हामीले के गर्न सक्छौ त ?
उत्तर : मैले अघि पनि भने । अब हामी आफै सचेत हुनुपर्ने बेला आएको छ । हामी आफैले स्वास्थ्य मापदण्ड पालना नगरेमा खतरा हुन सक्छ । अर्को कुरा निषेधाज्ञा अलि खुकुलो भयो कि भन्ने लागेको छ । विहानको समयमा विभिन्न बहानामा बजार खोलिएको छ ।यो काम बन्द गर्नुपर्छ । कोरोनाले विहान÷वेलुका भन्दैन । त्यसैले यति बेला घरभित्र बस्नुको विकल्प छैन ।
यसको मतलब निषेधाज्ञा प्रभावकारी भएन भन्न खोज्नु भएको ?
उत्तर : अँ, मलाई त्यस्तै लाग्छ । विहान सब्जी किन्न भनेर खोलेको छ । आफै सम्झनु त । विहान चाहिँ कोरोना लाग्दैन भन्ने हुन्छ र ? त्यसैले पूरै निषेधाज्ञा गर्दा मात्रै कोरोना नियन्त्रणतर्फ जान्छ ।