कोरोना अपडेट : एकै वडाका ११ जनाको एन्टिजेन परीक्षण गराउँदा आठ जनाको पोजिटिभ

  आवाज संवाददाता

इलाम नगरपालिका वडा नं. १ साँखेजुङ्ग थापागाउँमा ११ जनाको एन्टिजेन परीक्षण हुँदा ८ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्थलगत रूपमा स्वास्थ्य कार्यालयको टोली खटिएर कोरोना परीक्षण गरिएको थियो । योसँगै सबैलाई इलाम नगरपालिका स्वास्थ्य शाखाले होमआइसोलेसनमा बस्न आग्रह गरेको छ ।

   कोरोनाको बढ्दो संक्रमण दरलाई ख्याल गर्दै स्वास्थ्य कार्यालयले स्वास्थ्यका मापदण्ड पालना गर्न पनि अनुरोध गरेको छ । स्वास्थ्य कार्यालयले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिहरुको एन्टिजेन परीक्षण÷स्वाव संकलन गर्न अनुरोध गरेको छ ।

   कार्यालयले प्रत्येक आइतबार, मंगलबार र बिहीबार बिहान ७ बजे कोभिड अस्पताल, जिसस नयाँ भवनमा एन्टिजेन परीक्षण र पिसिआर परीक्षण भइरहेको समेत बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार