जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्न एमालेमा बन्यो कार्यदल

  आवाज संवाददाता

काठमाडौं । नेकपा एमालेले कार्यदल बनाएको छ । नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरेको हो ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँगको वार्तापछि कार्यदलमा दुवै पक्षका ५ र ५ जना सदस्य बनाउने निर्णय गरेको वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए ।

जसमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट छन् । त्यस्तै ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल प्रदीप, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छ्न ।

‘कार्यदललाई तीन दिनको समय दिने कुरा भएको छ । सो कार्यदलले नै खाका तयार गर्नेछ ।’ नेता नेपालले भने ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच आज सिंहदरबारमा एक्ला–एक्लै भएको छलफल भर्खरै सकिएको हो ।

शुक्रबार साँझ सिंहदरबारमा नै भएको भेटमा दोस्रो तहका नेताहरु पनि सहभागी भएका थिए । सो बैठकले विवाद समाधानका लागि कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा ओली र नेपाललाई दिएको थियो । आजको छलफलले कार्यदलको टुंगो लगाउने नेताहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार