माई नगरपालिका प्रवेशद्वारमा हेल्थ डेक्स

दानाबारी।दक्षिणी इलामको माइ नगरपालिका प्रवेश गर्ने मुख्य नाका मा युवा सशक्तीकरण संजालले सन्चालन  हेल्थडेक्स सञ्चालन गरेकाे छ ।

काेराेना भाइरसको जोखिम बढिरहेको बेला  पालिका प्रबेश गर्नेहरुलाई संक्रमणको बारेमा सचेत गराउने र मास्क वितरण  गरिएकाे थियाे । मास्क र सेनिटाइजरकाे प्रयाेगसँगै स्वास्थ्य मापदण्ड पालना गर्नका लागि सञ्चालले सचेत गराएकाे छ । अनावश्यक हिड्डुल गर्नेलाई प्रवेशमा राेक लगाइएकाे पनि संजालका अध्यक्ष दिपेन्द्र सुब्बाले  बताए ।

याेसँगै सञ्जालले पालिकाकाे १०  वडामा जनचेतना  मुलुक सूचना प्रचारप्रसार  गरेको पनि बताए । अभियान सञ्चालनका लागि आवश्यक मास्क र सेनिटाइजर स्थानीय स्वास्थ्य संस्थाले उपलब्ध गराएकाे अध्यक्ष सुब्बाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार