इलाम बजारका थप एक पुरुषको संक्रमणबाट मृत्यू

  आवाज संवाददाता

इलाम। इलाम नगरपालिका वडा नं. ७ इलाम बजारका ७३ वर्षीय एक पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यू भएको छ ।

इलाम अस्पतालमा उपचाररत रहेका उनको आज मृत्यू भएको हो । डेढ हप्ताअघिदेखि ज्वरो आएर घरमै रहेका उनलाई तीन दिनअघि इलाम अस्पतालम पुर्याएर उपचार भइरहेको उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालुले बताए ।

इलाममा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

इलाम नगरपालिकामा आज २८ जना संक्रमित थपिएका छन् । १२ महिला र १६ पुरुषमा संक्रमण पुष्टि भएका जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

यसरीनै इलामको देउमाई नगरपालिकामा ९ जना, रोङ गाउँपालिकामा २ जना र फाकफोकथुम र माइजोगमाई गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

इलाम जिल्लामा थप ४१ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म इलाममा तीन सय ५१ जना संक्रमित भएको छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार