इलाम नगरपालिकामा पछिल्लो तीन दिनमा तीन जनाको मृत्यू

  आवाज संवाददाता

इलाम।इलाममा तीन दिनदेखि यता दैनिक एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यू भएको छ ।

आज(मंगलबार) इलाम नगरपालिका वडा नं. ७ चोक बजारका सुनचाँदी व्यवसायी रेशम बराइलीको मृत्यू भएको छ । विराटन नर्सिङ होममा उपचारपछि हिजो घर आएका बराइलीको आज इलाम अस्पतालमा मृत्यू भएको हो ।

यसरीनै सोमबार इलाम नगरपालिका वडा नं. ७ इलाम बजारकै ७३ वर्षीय मोहनलाल प्रधानकोे कोरोना भाइरसको संक्रमणबाट मृत्यू भएको थियो ।

इलाम अस्पतालमा उपचाररत रहेका उनको आज मृत्यू भएको हो । डेढ हप्ताअघिदेखि ज्वरो आएर घरमै रहेका उनलाई तीन दिनआघि इलाम अस्पताल पुर्याएर उपचार भइरहेको थियो ।

नेकपा एमालेका युवा नेता नवराज शंकरको आइतबार मृत्यू भएको थियो । उनको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको अवस्थामा निधन भएको हो ।

इलाममा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार