जंगली हात्तीको आक्रमणमा परी १ जनाको मृत्यु

  आवाज संवाददाता

झापा।झापाको मेचिनगर नगरपालिका ९ का ४५ बर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

गए राती साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट १ वटा जंगली हात्ती आई गाँउ पसेकोले खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो । घाइतेको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा सोही राती सँवा २ बजे मृत्यु भएको हो । हात्तीलाई प्रहरी र स्थानीयबासीको सहयोगमा जंगलतर्फ लखेटिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार