अब यि निजी अस्पतालहरुमा पनि नि:शुल्क उपचार

  आवाज संवाददाता

इलाम।सरकारले कोभिड–१९ केयर युनिट संचालनका लागि ३० वटा अस्पतालसँग सम्झौता गरेको छ । यी अस्पतालमा संक्रमितको उपचार निःशुल्क हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बुधबार सार्वजनिक गरेको सूचना अनुसार यी अस्पतालमा निःशुल्क उपचार हुनेछ । ८१ वटा अस्पतालमा यसअघि नै सरकारले संक्रमितलाई निःशुल्क उपचार सेवा दिँदै आएको छ ।

केयर युनिट संचालनका लागि सम्झौता गरेका अस्पताललाई सरकारले पैसा उपलब्ध गराउँछ । संक्रमितको अवस्था हेरेर प्रतिव्यक्ति प्रतिदिन ३ हजार ५०० देखि १५ हजारसम्म सरकारले अस्पताललाई उपलब्ध गराउने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार