कृषिमन्त्री राना स्वास्थ्य सामग्री लिएर गृहजिल्ला इलाम आए

  आवाज संवाददाता

इलाम।भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर कोरोना संक्रमण उपचार तथा नियन्त्रणका लागि अतिआवश्यक सामग्री लिएर बुधबार गृहजिल्ला आएका छन् ।

यि सामग्रीहरु इलाम अस्पताललाई मन्त्री रानाले आजै हस्तान्तरण गरेका छन् । मन्त्री रानाले अस्पताल प्रमुख प्रभू साहलाई हस्तन्तरण गरेका हुन् ।

प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयबाट ल्याइएको सो सामग्री इलाममा भरखरै शुरु भएको दुई बेडको एचडियू सहितको कोभिड–१९ अस्पतालका लागि प्रयोग गरिने छ ।

मन्त्री राना मार्फत हस्तान्तरण गरिएको सामग्रीहरुमा १० थान अक्सिजन सिलिण्डर, पीपीई गाउन २०० थान, सर्जिकल मास्क एक हजार थान, हेन्डसेनिटाइजर २० बोत्तल, डेटबडी ब्याग १० थान, अक्सिजन पोन्ज २० थान र भेन्ट्री मास्क १० थान रहेको छ ।
कोरोना परीक्षणका लागि आवश्यक किट १००० थान समेत आइरहेको मन्त्री रानाले बताए ।

भरखरै स्थापना गरिएको दुई बेडको एचडिय÷आइसीयू सहितको अस्पतालको लागि जनशक्ति अभाव रहेको र सो जनशक्ति पनि ल्याउनका लागि पहल भइरहेको र आज भोलिनै एक या दुई जना जनशक्ति इलाम अस्पताल आउने इलाम क्षेत्र नं. २ का सांसद सुवासचन्द्र नेम्बाङका स्वकीय सचिव कृष्ण काफ्ले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार