वडाध्यक्ष नरेश श्रेष्ठले अस्पताललाई १० लाख विनियोजन गरे

  आवाज संवाददाता


इलाम।इलाम नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नरेश श्रेष्ठले कोरोना संक्रमितको उपचारलाई सहज बनाउनका लागि इलाम अस्पताललाई आफ्नो वडाको तर्फबाट १० लाख रुपैयाँ दिने भएका छन् ।

स्रोत साधन र जनशक्तिको अभावमा इलाम अस्पतालमा उपचार प्रभावकारी बन्न नसकिरहेको बेला वडाध्यक्ष श्रेष्ठको निर्णयलाई इलामबासीले स्वागतयोग्य कदम भनेका छन् ।

महामारीका कारण योजनाको काम गर्नु समस्या भएको र यतिबेला योजनाभन्दा महामारी नियन्त्रण र विरामीको उपचारलाई प्राथमिकता दिनुपर्ने भएकाले अस्पताललाई रकम दिने निर्णय गरेको अध्यक्ष श्रेष्ठले बताए ।

‘यतिखेर योजनाको काम गर्न पनि समस्या छ फेरि योजनाभन्दा पनि नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिनुपर्ने भएकाले अस्पतालको व्यवस्थापनमा रकम दिने निर्णय गरेका हौं।’ अध्यक्ष श्रेष्ठले भने, ‘सबै वडाले १०–१० लाख रकम विनियोजन गर्ने हो भने अक्सिजन प्लान्टनै राख्न सकिने रहेछ ।’

अस्पतालको स्रोत साधन जुटाउनका लागि देश विदेशका साथीभाईसँग पनि सरसहयोग माग्ने काम गरिरहेको उनले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार