आज बेलुका ५ बजेसम्म नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनका निम्ति आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विश्वासको मत नलिने तर नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीलाई आह्वान गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार