आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने विरामी बढ्दै

काठमाडौं। कोरोना संक्रमितमा अक्सिजनको कमी हुने क्रम बढ्दै जाँदा भेन्टिलेटर र आईसीयूमा उपचाररत संक्रमितको संख्या पनि बढ्दै गएको छ । पछिल्लो समय अस्पताल आउने अधिकांश संक्रमितलाई अक्सिजन दिनुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताउँदै आएका छन् ।

हाल नेपालमा ४९२ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले १ हजार ७४८ संक्रमितले आईसीयूमा उपचार गराइरहेका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ५६, प्रदेश २ मा ५१, वाग्मती प्रदेशमा सबैभन्दा धेरै ३१४ कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । गण्डकीमा ३६, लुम्बिनीमा १५, कर्णालीमा ८ र सुदूरपश्चिममा १२ संक्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।

आईसीयूमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा ९४० उपचाररत छन् । प्रदेश १ मा १९१, प्रदेश २ मा २२५, गण्डकी प्रदेशमा १३३, लुम्बिनीमा १५३, कर्णालीमा ५९ र सुदूरपश्चिम प्रदेशमा ४७ संक्रमितले आईसीयूमा उपचार गराइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार