२१ लाख नगदसहित हुण्डी कारोवारमा संलग्न तीन जना पक्राउ

मोरङ।हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

विहिबार दिउँसो मोरङको बिराटनगर महानगरपालिका-११ रोडषेस चोकबाट २१ लाख भन्दा बढी रकम सहित पक्राउ परेका बिराटनगर-१३ का २५ बर्षीय श्रवण साह र रंगेली नगरपालिका-१ की २५ बर्षीया जिज्ञासा चौधरीलाई पक्राउ गरिएकाे थियाे ।

उनीहरुलाई साेधपुछ गर्ने क्रममा हुण्डी कारोवारबाट प्राप्त रकम रहेको खुल्न आएसँगै उक्त कार्यमा संग्लग्न बिराटनगर -१३ का ३३ बर्षीय अमृत कुमार साह सुडीलाई समेत प्रहरीले पक्राउ गरेको हो । साह र चौधरीको साथबाट प्रहरीले  २१ लाख ७१ हजार पाँच सय रुपैयाँ र  २३ हजार भारतीय रुपैयाँ बरामद गरेकाे छ ।  प्रहरीले उनीहरुबाट बिभिन्न बैकका चेकहरु पनि बरामद गरेको छ ।

त्यस्तै अमृत कुमारको घर कोठा खानतलासी गर्दा मोवाइल तथा नगद डिपोजिट रसिद बरामद भएको हो ।

यसरी ठुलो मात्रामा नगद रकम सहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार