इलाम अस्पताललाई नगरपालिकासँगै विभिन्न संस्थाद्वारा सामग्री हस्तान्तरण


इलाम।इलाम अस्पताललाई इलाम नगरपालिका लगायत विभिन्न संस्थाहरुले शुक्रमबार कोरोना उपचारका लागि आवश्यक सामग्री हस्तान्तरण गरेका छन् ।

इलाम नगरपालिकाले तीन वटा अक्सिजन कन्सन्ट्रेटर अस्पताललाई हस्तान्तरण गरेको छ । इलाम नगरपालिकाकी उपप्रमुख शुसिला नेम्बाङले सो सामग्री अस्पताल प्रमुख प्रभू साहलाई हस्तान्तरण गरेको नगरपालिकाका प्रवक्ता ठाकूरनारायण श्रेष्ठले बताए ।

यसरीनै करुणा फाउन्डेशनले पाँच सय थान कोरोना परीक्षण गर्ने एन्टिजिन किट अस्पताललाई हस्तान्तरण गरेको थियो । करुणा फाउन्डेशन इलामका व्यवस्थापक अजित योञ्जनले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री राम राना मार्फत कीट अस्पताल प्रमुख साहलाई हस्तान्तरण गरेको हो ।

यसरीनै मन्त्री रानाकै उपस्थितिमा उद्योग वाणिज्य संघ मार्फत सञ्चालन गरिएको सहयोग अभियान इलामेहरुको घाउँमा मलह्म पट्टीबाट संकलित रकमबाट अक्सिजन कन्सन्ट्रेटर दुई थान, अक्सिमिटर, पीपीई, ग्लोभ्स, सेनिटाइजर, माक्सलगायतका सामग्रीहरु अस्पताललाई हस्तान्तरण गरिएको छ ।

यसरीनै इलाम अस्पतालमा भरखरैदेखि सञ्चालनमा ल्याइएको एचडियू सञ्चालनका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डा. अभिनाश राई शुक्रबारनै इलाम अस्पताल आइपुग्ने अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार