प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय सरकार बनाउन प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सभापति देउवालाई टेलिफोन गरेर नयाँ सरकार बनाउन वा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका हुन् ।

ओलीले आफूले आजै कांग्रेस सभापति देउवालाई फोन गरेर राष्ट्रिय सरकार मिलेर बनाउन आग्रह गरेको बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बताए । “आज बिहान मैले शेरबहादुर देउवालाई फोन गरेर भनेँ–तपाईंहरु सरकार बनाउनुहोस् । होइन, भने आउनुहोस् मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाउँ न त १” प्रधानमन्त्री ओलीले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार