विपक्षी गठबन्धनभन्दा १० मिनेट पहिल्यै पुगे ओली शीतलनिवास

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा १४९ जना सांसदको हस्ताक्षर लिएर नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले बेलुका पाँचबजेसम्म दलहरुले संविधानको धारा ७६९५० बमोजिमको सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

विपक्षी गठबन्धन सिंहदरबारमा छलफल गर्दै शीतलनिवास पुगेको हो । तर उनीहरु पुग्नुअगावै प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् ।

१० मिनेट पहिले नै प्रधानमन्त्री शीतलनिवास पुगेको स्रोतले जानकारी दिएको छ । बाह्रखरी अनलाइनले समाचार लेखेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार